मन्त्रालयमा रविन्द्र अधिकारीलाई सम्झदै भावुक बने मन्त्री योगेश (भिडियोसहित )

काठमाडौं:  नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले मन्त्रालयका कर्मचारीलाई आइस्योस् र गइस्योस् शब्द प्रयोग नगर्न आग्रह गर्नुभएको छ । नवनियुक्त पर्यटन मन्त्री योगेश भट्टराईले मन्त्रालयमा कार्यालय सहयोगीदेखि सचिवसम्मलाई मित्रवत् व्यवहार गर्ने बताउँदै आफू निर्देशन दिन होइन, सिक्न मन्त्रालयमा आएको उल्लेख गर्नुभयो । भट्टराईले आफू रविन्द्र अधिकारीको उत्तराधिकारीकोरुपमा मन्त्रालयमा आएको बताउँदै रविन्द्र अधिकारीलाई सम्झदै भावुक समेत बन्नुभयो । शपथपछि मन्त्रालयमा प्रवेश गरेका भट्टराईको स्वागतमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले भन्नुभयो, ‘यहाँ व्यवसायी साथीहरु पनि आउनुभएको छ, कृपया मलाई बधाई दिएर शुभकामना विज्ञापन नछाप्नुहोला, बधाईले किचिएला कि भन्ने पिर छ ।’


प्रकाशित | १५ श्रावण २०७६, बुधबार १९:०७