चलचित्र ‘लभ स्टेशन’ ले गर्यो राम्रो व्यापार

काठमाडौं : चलचित्र लभ स्टेशनले पहिलो दिन मै राम्रो व्यापार गरेको जनाएको छ । शुक्रबारबाट मुलुकका १०४ ओटा सिनेमा हलमा रिजिल भएको सो सिनेमाले राम्रो ब्यापार गरेको हो । शनिबार वर्षाका वावजुत पनि हलहरु हाउसफुल भएको चलचित्रका वितरक गोविन्द शाहीले जानकारी गराउनुभयो ।

ज्ज्वल घिमिरे निर्देशित यो चलचत्रिमा प्रदीप खड्का, जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानासहितको अभिनय छ। लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही क्रिसु र कविरबिक्रम शाहीले निर्माण गरेका हुन्। यसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन, शिशिर खातीको कोरियोग्राफी रहेको छ। आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ। यो चलचित्रको निर्माण नियन्त्रकमा राजेन्द्र रावल छन्।


प्रकाशित | २४ चैत्र २०७५, आईतवार १५:१३