एन्फाको तीन करोड बैंकमा : ६ महिनाको ब्याज हरायो, नेतृत्व भन्छ- केही थाहा छैन

काठमाडौं : पदाधिकारीहरूको लापरबाहीका कारण अखिल नेपाल फुटबल संघ ९एन्फा०लाई ६ महिनामा साढे १८ लाख नोक्सान भएको छ । सिभिल बैंकमा राखेको तीन करोड १० लाख ५९ हजार पाँच सय रुपैयाँको मुद्दती खाता व्यवस्थित नगर्दा ब्याजबाट आम्दानी हुने १८ लाख ६३ हजार ५ सय ७१ रुपैयाँ गुमेको हो ।

एन्फाले १२ प्रतिशत ब्याजदरमा सिभिल बैंकमा राखेको रकम १० वैशाख ०७५ मा परिपक्व ९मेच्योर्ड० भएको थियो । एन्फा पदाधिकारीहरूले ६ महिनासम्म त्यसमा चासो नै दिएनन् । जसले गर्दा मुद्दती खाता साधारण बचत खातामा रूपान्तरण भयो र १२ प्रतिशतका दरले आउनुपर्ने ब्याज दुई प्रतिशतका दरले मात्रै प्राप्त भयो । एन्फाको खाता अध्यक्ष, महासचिव र कोषाध्यक्षको नाममा हुन्छ । यो समाचार आजको नयाँ पत्रीका दैनीकमा दीपेन्द्र गुरुङ्रले लेख्नुभएको छ ।

एन्फाको आन्तरिक लेखापरीक्षण प्रतिवेदनमा पदाधिकारीको लापरबाहीका कारण संस्थालाई छोटो समयमा ठूलोे नोक्सान भएको उल्लेख छ । ‘सिभिल बैंकमा १२ प्रतिशत ब्याज रहेको मुद्दती रकम तीन करोड १० लाख ५९ हजार ५ सय ३० रुपैयाँको ०७५ वैशाखदेखि असोजसम्म ब्याज आम्दानी भएको छैन । एन्फाले नगद व्यवस्थापन उचित रूपमा र समयमा नगर्दा यो एउटा व्यवस्थापनमा मात्र दश प्रतिशत ब्याजको मात्रै हिसाब गर्दा पनि मासिक दुई लाख ५८ हजार आठ सय ३० रुपैयाँ नोक्सान हुन गएको छ,’ प्रतिवेदनमा उल्लेख छ ।


प्रकाशित | १२ श्रावण २०७६, आईतवार ०८:५९