ङुइलाबाट खुसुखुसु सुन तस्करी

काठमाडौं: धार्चे–३ खोर्लाबेंसीको ओढारबाट प्रहरीले बिहीबार १६ किलो सुन बरामद ग¥यो । बस्तीबाट हजार मिटर माथिको अनकन्टार ओढारमा सुन लुकाइएको थियो । प्रारम्भिक अनुसन्धानमा धार्चे–१ यारुबगरका व्यापारी धनकमल गुरुङले छेकम्पारको ङुइला नाका हुँदै तिब्बतबाट सुन ल्याएको खुलेको छ । प्रहरीले शुक्रबार उनलाई राजस्व अनुसन्धान विभागमा बुझाएको छ । ‘यसको अनुसन्धान अब विभागले नै गर्छ,’ एसपी ओम अधिकारीले भने । यो समाचार कन्तिपुर दैनिकमा हरिराम उप्रेतीले लेखेका छन् ।


प्रकाशित | १२ श्रावण २०७६, आईतवार ०८:४९