एनआरएनए जर्मनीको अध्यक्षमा मिलन राज पन्त निर्वाचित

जर्मनी – गैर आवासीय नेपाली संघ जर्मनीको अध्यक्षमा मिलन राज पन्त निर्वाचित हुनु भएको छ । शनिबार सम्पन्न निर्वाचनमा  पन्त ८२८ मत प्राप्त गदैँ आगामी कार्यकालको लागि अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

पन्तको प्रतिस्पर्धी निनाम्मा राईले ५७१ मत प्राप्त गर्नु भयो । आइसिसी सदस्यमा शंकर डांगी निर्वाचित हुनु भएको छ ।

त्यस्तै, उपाध्यक्षमा लोकमणी ढकाल, मेनका त्रिपाठी, महिला उपाध्यक्षमा करुणा तुलाधर राई, महासचिवमा राजेश सुनार, सचिवमा सुजन बर्तौला र निमा राजभण्डारी (शर्मीला) निर्वाचित हुनु भएको छ ।  कार्यसमिति सदस्यमा मिना कार्की र प्रशान्त पोखरेल निर्वाचित हुनु भएको छ ।

त्यस्तैगरि, कोषाध्यक्षमा कुमार (भरत) चलाउने, महिला संयोजकमा सोनी तुलाचन, भाषा तथा बालबालीका संयोजकमा मिरा पौडेल, युथ कोअर्डिनेटरमा सुदीप सापकोटा र कल्चर कोअर्डिनेटरमा लक्ष्मण जोशी यसअघि नै निर्विरोध चयन भइसक्नु भएको छ ।


प्रकाशित | १७ श्रावण २०७८, आईतवार ०१:०६