चाबहिल–जोरपाटी सडक खण्ड: सडक विभाग नै भन्छ- कालोपत्रे वर्षदिन पनि टिक्दैन

काठमाडौं : ढलको वैज्ञानिक प्रबन्धविनै निर्माण गरिएकाले चावहिल–जोरपाटी सडकको कालोपत्रे वर्ष दिन पनि नटिक्ने निर्माणमै संलग्न सडक विभागको चेतावनी छ । चावहिल–जोरपाटी–साँखु९१२ किमि० सडक मर्मत र विस्तारमा विभागअन्तर्गतको काठमाडौं उपत्यका सडक विस्तार आयोजना संलग्न छ । विशेषगरी, चावहिल, चुच्चेपाटी, बौद्ध र चोरपाटी खण्डको कालोपत्रे वर्ष दिन पनि टिक्न नसक्ने आयोजनाको भनाइ छ । यो समाचार आजको नयाँ पत्रीका दैनीकमा टेकराज थामीले लेख्नुभएको छ ।

आयोजनाका अनुसार तारागाउँ, टुसाल, बौद्ध र पिपलबोट आसपासको ढल निकासका लागि बौद्ध स्तुपा प्रवेशद्वार सामुन्नेको खोल्साबाहेक अन्य विकल्प छैन । खोल्सामा ह्युम पाइप बिछ्याइएको छ । सोही पाइप हुुँदै तारागाउँ, टुसाल, बौद्ध र पिपलबोट आसपास क्षेत्रबाट जम्मा भएको पानी बगेर बाग्मती नदी किनारमा निर्माण गरिएको ढलसम्म पुग्छ ।

ढलमाथि निजी घर

तारागाउँ, टुसाल, बौद्ध र पिपलबोट आसपासको ढल निकासका लागि बौद्ध स्तुपा प्रवेशद्वार सामुन्नेको खोल्साबाहेक अन्य विकल्प छैन । खोल्सामा ह्युम पाइप बिछ्याइएको छ । सोही पाइप हुुँदै तारागाउँ, टुसाल, बौद्ध र पिपलबोट आसपास क्षेत्रबाट जम्मा भएको पानी बगेर बाग्मती नदी किनारमा निर्माण गरिएको ढलसम्म पुग्छ । अहिले पाइपमाथि सडक बनाइएको छ । सोही सडक मिचेर स्थानीयले पक्की घर बनाएका छन् । ढल फेर्न अब घर नै भत्काउनुपर्ने हुन्छ । तर, स्थानीय भत्काउन राजी छैनन् ।

आयोजनाका अनुसार ढलमाथि बनाइएका पक्की घरका कारण त्यस क्षेत्रमा ढल निर्माण सहज छैन । ह्युम पाइप बिछ्याइएका करिब एक किमि क्षेत्रमा स्थानीयले घर बनाएको आयोजनाको भनाइ छ । आयोजना प्रमुख अर्यालले भने, ‘पहिले खोल्सा थियो । त्यसमा ह्युम पाइप हालियो । त्यसमाथि सडक बनाइयो । सडक मिचेर स्थानीयले पक्की घर बनाए । ढल फराकिलो गर्न अब घर नै भत्काउनुपर्छ । तर, स्थानीय घर भत्काउन तयार छैनन् । यस्तो अवस्थामा ढल हाल्न सहज स्थिति छैन ।’


प्रकाशित | १० श्रावण २०७६, शुक्रबार ०६:५३