नेपालमा थप ४२१ जनामा संक्रमण, संक्रमित संख्या नौ हजार २६, थप एकको मृत्यु

काठमाडौं : नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै सङ्क्रमित संख्या नौ हजार २६ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप १९४ जना निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या एक हजार ७७२ पुगेको छ ।

त्यस्तै, गुल्मीका एक पुरूषको कोरोनाको कारण मृत्यु भएको छ । प्रवक्ता गौतमका अनुसार असार ५ गते ती पुरुषको घरमै मृत्यु भएको हो । उहाँको स्वाब परीक्षणमा कोरोना पाइएको हो । यो सँगै नेपालमा मृत्यु हुनेको संख्या २३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा छ हजार ८ जनाको नमूनाको पीसीआर गरिएको पनि प्रवक्ता गौतमले जानकारी गराउनुभयो । प्रवक्ता गौतमका अनुसार हालसम्म देशका ७५ जिल्लामा संक्रमण देखिएको छ।


प्रकाशित | ७ असार २०७७, आईतवार १६:३८