मुल्यवान स्पोर्ट्स टिम : शीर्ष स्थानमा अमेरिकन फुटबल टिम डालस काउबोई

एजेन्सी : मुल्यवान स्पोर्ट्स टिमको सूचीमा शीर्ष स्थानमा अमेरिकन फुटबल टिम डालस काउबोई रहेको छ । डालसको मूल्य ५ बिलियन रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको अमेरिकी बेसबल टिम न्युयोर्क यानकीजको मूल्य ४.६ बिलियन रहेको छ

स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोना सर्वाधिक मुल्यवान स्पोर्ट्स टिमको सूचीमा परेको छ । फोर्ब्सले सार्वजनिक गरेको सूचीमा रियल र बार्सिलोना शीर्ष पाँचभित्र अटाएको छ ।

फोर्ब्सको सूचीमा रियल तेस्रो स्थानमा रहेको छ भने बार्सिलोना चौथो स्थानमा रहेको छ । रियलको मूल्य ४.२ बिलियन रहेको छ । बार्सिलोनाको मूल्य ४.२ बिलियन रहेको छ ।

।यस्तै छैटौं स्थानमा रहेको इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडको मूल्य ३.८ बिलियन रहेको छ । मूल्यवान खेलाडीको सूचीको शीर्ष १० भित्र ३ वटा मात्र फुटबल क्लब अटाएको छ ।


प्रकाशित | ७ श्रावण २०७६, मंगलवार १८:३०