एनआरएनए जापान अध्यक्षमा टासी वाङ्दी लामाले पुन: उम्मेदवारी दिने घोषणा

जापान : गैर आवासीय नेपाली संघ(एनआरएनए ) जापानको आसन्न निर्वाचनमा वर्तमान अध्यक्ष टासी वाङ्दी लामाले पुन उम्मेदवारी दिने बताउनुभएको छ । विश्व सन्देशसँग कुराकानी गर्दै अध्यक्ष लामाले पहिलो कार्यकालमा धेरै काम गर्न सफल भए पनि आफनो उद्देश्यलाई प्रभावकारी कार्यान्वयन गर्न पुन:अध्यक्षमा उम्मेदवारी दिन लागेको जानकारी गराउनुभयो । सबैको माग अनुसार पुन: नेतृत्वको लागि अगाडि बढिरहेको उहाँले बताउनुभयो । जापानमा आगामी सेप्टेम्ववर ८ तारिक आईतवार निर्वाचन सम्पन्न हुँदैछ ।

सबै साथीहरुको साथ र सहयोग तथा आग्रहमा पुन उम्मेदवारी दिने तयारी भइरहेको बताउँदै लामाले सबैलाई सहयोगको लागि अपिल समेत गर्नुभएको छ । जापानको अध्यक्षमा निर्वाचीत लामाले एक इमानदार छवी बनाउन सफल हुँदै कार्यकालमा सफल नेतृत्व गर्नु भएको थियो । एक कार्यकाल युवा संयोजक हुँदै उपाध्यक्षको जिम्मेवारी निर्वाह गरेर अध्यक्षमा निर्वाचीत लामाको इमानदारीतालाई सबैले प्रसंसा गर्ने गरेका छन् । थोरै बोल्ने काम गर्न रुचाउने स्वभावका लामालाई आगामी नेतृत्वका लागि सबैको साथ र सहयोग मिल्ने विश्वास ब्यक्त गर्नुभएको छ ।


प्रकाशित | ६ श्रावण २०७६, सोमबार ११:०३