एनआरएनए न्युजिल्याण्डको अध्यक्षमा लाल बहादुर केसी निर्वाचीत: निर्वाचनमा कसको कती मत ?

काठमाडौं: गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) न्युजिल्यान्डको कार्यसमिति निर्वाचन शनिबार सम्पन्न भएको छ । निर्वाचनबाट ९३५ मत सहित भारी मतान्तरले लाल बहादुर केसी अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँको प्रतिद्वन्द्वी घनश्याम सापकोटाको भने ४८६ मात्र मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा ७५७ मतसहित बलकुमार गोले निर्वाचित हनुभयो । उपाध्यक्षको प्रतिद्वन्द्वी निर्मल रिमालले ६४४ मत प्राप्त गर्नुभयो । साथै, महिला उपाध्यक्षमा ९१४ मत सहित भावना नेपाल विजयी हुनुभयो भने प्रतिद्वन्द्वी नारायणी तिवारीले ४७५ मत प्राप्त गर्नुभयो ।

आइसीसी सदस्यमा विशाल सापकोटा ६९० मत सहित विजयी हुनुभयो भने प्रतिद्वन्द्वी रमेश गुरुङले ६८५ मत ल्याउनुभयो । त्यस्तै महासचिवमा दयानिधी गौतम ८२३ मत सहित विजयी हुनुभयो भने उनका प्रतिद्वन्द्वी कुलराज घिमिरेले ५६६ मत ल्याउनुभयो सचिवमा नारद कुँवर ७३५ मत सहित र प्रदीप रुपाखेती ७९३ मत सहित विजयी हुनुभयो भने प्रतिद्वन्द्वी कृष्णहरि सापकोटा र रमेश सापकोटाले ६२८ र ४९३ मत ल्याउनुभयो ।

त्यस्तै, कोषाध्यक्षमा विपिन भण्डारी ८११ मत सहित निर्वाचित हुनुभयो भने प्रतिद्वन्द्वी अशोक कडेलको ५५९ मत प्राप्त गर्नुभयो । सहकोषाध्यक्षमा कमल बसेल ८२४ मतसहित विजयी हुनुभयो भने प्रतिद्वन्द्वी विजय रेग्मीले ५३२ मत ल्याउन सफल हुनुभयो ।

निर्वाचनमा कार्यसमिति सदस्यहरूमा अप्रिल अर्याल (७९५) अशोक कुमार श्रेष्ठ (८२७ ) विष्णु विक्रम शाही (७३६), विष्णुकुमार बस्नेत९७३३०, चन्द्र शर्मा पौडेल९७८३०, निङवार घिसिङ (७८७), पान्डब सिंह पाख्रीन (६८१), राजेन्द्र पाण्डे (६९५), सची थापा (७६१) र सुमना केसी श्रेष्ठ (७७८) विजयी हुनुभयो । निर्वाचनको संयोजकमा बबिता श्रेष्ठ हुनुहुन्थ्यो भने अधिबेसनमा एनआरएनए ओसियाना क्षेत्रीय संयोजक धर्मराज अधिकारी पनि उपस्थित हुनुभयो । निर्वाचनको पर्यवेक्षकमा संजयशान्ति सुवेदी र स्वयंसेवकमा लक्ष्मण पौडेल रहनुभएको थियो । एनआरएनए आइसीसी ओसिनिया संयोजक धर्मराज अधिकारीले निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै विजेताहरुलार्इ बधाइ ज्ञापन गर्नुभयो ।


प्रकाशित | ५ श्रावण २०७६, आईतवार १३:०५