टोकियोमा राहत कोषको थप स्रोतको लागि ‘द एज बाण्ड कार्यक्रम’ हुँदै

जापान : गैर आवसिय नेपाली संघ जापानले आफ्नो राहतकोष सम्वन्धि घोषित लक्ष्यलाई आंशिक रुपमा स्रोत आर्थिक संकलनको लागि यहि जुलाई २८ तारिक टोकियो स्थित नाकानो जिरो हलमा द एज ब्याण्ड लाईभ कार्यक्रम गर्ने भएको छ। परिषदको बैठकले उक्त कार्यक्रम समन्वयको लागि परिषदका सदस्य सचिन श्रेष्ठलाई कार्यक्रम संयोजकको ज़िम्मेवारी दिएको महासचिव बुद्धि राज घिमिरेले जानकारी दिनुभयो।

कार्यक्रममा सहभागि भई आआफ्नो स्थान बाट सहयोग गरिदिन जापानवासी नेपालीहरुमा अध्यक्ष टासि वाङदी लामाले अपिल गर्नु भएको छ। विद्यार्थीको लागि टिकट दर ३,००० येन, अग्रिम टिकट बुकिङ ३,५००,हलमा टिकट दर ४,००० येन र स्पेशल टिकट दर १०,००० येन रहेको संयोजक सचिन श्रेष्ठले जानकारी दिनुभयो।


प्रकाशित | १ श्रावण २०७६, बुधबार ११:१९