एनआरएनए हङकङ अध्यक्षमा राधिका गुरूङ (टिका) को उम्मेदवारी घोषणा

हङकङ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङको अध्यक्षमा राधिका गुरूङ ( टिका) ले  उम्मदेवारी घोषणा गर्नुभएको छ । हाल अध्यक्ष रहनु भएको गुरूङले पुन: आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । गुरूङले यसको औपचारिक घोषणा भने मंगलबार गर्दै हुनुहुन्छ । ‘एकता र स्थायीत्वको लागि मेरो निरन्तरता’  भन्ने उद्घोषका साथ उम्मेदवारी घोषणा गर्नुभएको हो । एनआरएनए हङकङको सातौ अधिवेशन यही जुलाई २८ तारिखमा हुँदैछ ।

गुरूङले मंगलबार बगैचा पार्टी प्यालेस जोर्डनमा औपचारिक उम्मेदवारी घोषणा गर्दै आफना प्रतिबद्धता सार्वजनीक गर्ने कार्यक्रम रहेको जनाउनुभयो । अध्यक्ष राधिका गुरूङको वर्तमान कार्यकालमा निकै सक्रिय र उदाहरणीय एनसिसी बन्न सफल भएको थियो । महिला नेतृत्व भएर पनि अन्य एनसिसीभन्दा गतिविधीमा सक्रिय रहँदै आएको थियो ।


प्रकाशित | २९ असार २०७६, आईतवार २०:२४