रौतहट: लगातार परिरहेको वर्षाका कारण बागमती नदीमा आएको बाढीले बाँध भत्काएको छ । बागमती नदीले रौतहटमा बाँध भत्काएको हो । पुर्व बागमती र पश्चिम लाल बकैया नदिले घेरिएको सदरमुकाम गौर यतिखेर उच्च जोखिमा छ । दुई वर्षअघि बागमती नदिमा आएको बाढिले उक्त स्थानमा बाध भत्काएको थियो ।
त्यस्तै बन्जरहा, औरैया, बेलबिछवा, बडहर्वा, गढो लगायतका गाउँ डुबानमा परेका छन्। साथै बागमती र लाल बकैया नदिमा ठूलो बाढी आएको छ । चाँदी, लमहा र झाझ खोलामा समेत बाढी आएको कारण उखु र धान बाली समेत डुबानमा परेका छन्। चुरे क्षेत्रमा भएको वर्षाको कारण चाँदी खोलामा आएको बाढीको कारण पुर्वपश्चिम राजमार्ग समेत अवरुद्ध भएको छ।
प्रकाशित | २७ असार २०७६, शुक्रबार ११:००