भारत र न्युजिल्याण्डबीचको बाँकी खेल आज

एजेन्सी: आईसीसी विश्वकप क्रिकेटमा बर्षाले प्रभावित बनेको पहिलो सेमिफाइनलको भारत र न्युजिल्याडबीचको बाँकी खेल बुधबार हुने भएको छ । बर्षाका कारण ४६ दशमवल १ ओभरमा रोकिएको खेल ‘रिजर्व डे’ का अनुसार आज खेलाउन लागिएको हो । न्युजिल्याण्डले ४६ दशमलव १ ओभरबाट बाँकी खेल खेल्नेछ ।

म्यानचेष्टरको ओल्डट्राफोर्डमा करिब साढे चार घण्टा बर्षा भएपछि न्युजिल्याण्डको ईनिङ्स पुरा गर्न पाएन । खेल रोकिनु अघि न्युजिल्याण्डले ४६ दशमलव १ ओभरमा ५ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । बर्षा नरोकिएपछि अम्पायरले बाँकी खेल रिजर्व डे अर्थात आज ९बुधबार० हुने निर्णय गरेका थिए । न्युजिल्याण्डले ४६ दशमलव १ ओभरमा रहेर ब्याटिङ गर्नेछ ।

म्यानचेष्टरमा आज समेत ६५ प्रतिशत बर्षाको सम्भावना छ । खेल हुन नसकेको अवस्थामा भारत अंकका आधारमा फाईनल पुग्नेछ । ओल्ड ट्राफोर्डमा वर्षाले खेल रोकिनु अघि पहिले ब्याटिङ गरिरहेको न्युजिल्याण्डले ४६ ओभर १ बलमा ५ विकेट गुमाएर २११ रन बनाएको थियो ।

न्युजिल्याण्डका रोस टेलर ६७ रनमा अविजित रहेका छन् । यस्तै कप्तान केन विलियम्सन ६७ रन जोडेर आउट भए । टेलरले करियरको ५० औ अर्धशतक प्रहार गरेका छन् । यसअघि केन विलियम्स ६७ रन बनाएर युजभेन्द्र चहलको बलमा जडेजाबाट म्याच आउट भएका थिए । विलियम्सले टेलरसंग मिलेर तेस्रो विकेटका लागि ६५ रनको साझेदारी गरेका थिए ।

भारतका जस्प्रित बुम्राह, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, रबिन्द्र जडेजा, युजभेन्द्र चहालले समान १र१ विकेट हात पारे । विश्वकपको पहिलो सेमिफाइनल खेलिरहेका यी दुई राष्ट्रबीचको विजेताले फाइनलमा स्थान बनाउने छन् ।


प्रकाशित | २५ असार २०७६, बुधबार ०८:१९