मौसम एक दुई घन्टामा हल्का खुल्ने, बदली भई दिउँसो र बेलुकी पख सम्म पानी पर्ने

काठमाडौं : काठमाडौं उपत्यकासहित देशका मध्ये, मध्यपश्चिम र पुर्वी भेगमा परिरहेको पानी अबको एक दुइ घण्टापछि मौसम हल्का खुले मौसमविदले बताएका छन् । मौसविदका अनुसार एक दुई घन्टामा मौसम खुले पनि बदली भइ दिउँसो र बेलुकी पख सम्म पानी पर्ने सम्भवा छ । जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाकी मौसमविद मन्जु बासीका अनुसार न्युनचापिय रेखा र स्थानिय वायुको प्रभावले मौसम बदली हुने र मेघगर्जनसहित पानी पर्ने प्रणाली विकास भएको हो । त्यस्तै आज पूर्वि र मध्य तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने संभावना छ भने हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको हुनेछ।


प्रकाशित | २६ चैत्र २०७५, मंगलवार ०८:५९