म्यानमारमा एनआरएनए एसिया प्याशिफिकको क्षेत्रीय बैठक शूरु

म्यानमार: गैरआवासीय नेपाली संघको सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठक म्यानमारमा शूरु भएको छ । एनआरएनए आइसिसी प्रवक्ता भूषण घिमिरेका अनुसार आजबाट म्यानमारको याङ्गोनमा बैठक सुरु भएको हो।

 

बैठकमा संघका प्रमुख संरक्षक तथा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, केन्द्रीय अध्यक्ष भवन भट्ट, नेपाल सरकारका पूर्व परराष्ट्र मन्त्री डा.प्रकाश शरण महत, संघका सल्लाहकार तथा नेपालका संघीय संसदका सदस्य डा. सूर्य पाठक, म्यानमारका लागि नेपाली राजदुत भीम उदास, एनआरएनए उपाध्य़क्ष कुमार पन्त र कुल आचार्य, महासचिव डा. बद्री केसी, सचिव डिबि क्षेत्री, प्रवक्ता भूषण घिमिरे, युवा संयोजक सुदन थापा, सल्लाहकार डा. हेमराज शर्मा लगायत एसिया क्षेत्र लगायत विश्वका विभिन्न देशबाट केन्द्रीय पदाधिकारी, सदस्य, मानार्थ सदस्य एवं पूर्व पदाधिकारी र सदस्यहरु सहित करिव ३ सयको सहभागिता रहेको छ । औपचारिक उद्घाटन कार्यक्रम भोलि ७ तारिक हुने भए पनि आजको कार्यक्रमको सुरुवात अध्यक्ष भवन भट्टले सम्बोधन गर्नुहुँदै औपचारिक रुपमा गर्नुभएको हो ।

क्षेत्रीय संयोजक किरण विक्रम थापाको सभापतित्वमा भएको बैठकमा आज एनसिसिहरुको प्रस्तुति, महिला तथा युवासंग सम्बन्धित कार्यक्रम समाविष्ट छन् । ‘नेपालको समृध्दिका लागि गैर आवासीय नेपालीहरुको भूमिका’ विषयमा बैठक केन्द्रित गरिनेछ ।


प्रकाशित | २१ असार २०७६, शनिबार १४:३७