पानी नपरेपछि अत्यधिक गर्मी: अझै केही दिन मनसुन सक्रिय नहुने

काठमाडौं : असारको तेस्रो साता पुगिसक्दा पनि मौसम सक्रिय हुन सकेको छैन । मौसम सक्रिय हुन नसक्दा अत्यधिक गर्मी बढेको छ । असार तेस्रो साता भइसक्दा पनि अझै मनसुन सक्रिय हुन सकेको छैन् । न्यूनचापिय रेखा मध्य भारतमै रहेकाले मनसुनी गतिविधि सक्रिय हुन नसकेकोे जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

मनसुन प्रवेश गरिसके पनि केही दिन सक्रिय र केही दिन कमजोर हुने क्रम चलिरहने महाशाखाका मौसमविद् विभूति पौखरेलले बताउनुभयो । मनसुन ट्र«स्ट भारतको मध्य भू–भागमै रहेको छ । “उक्त ट्रस्ट विस्तारै नेपालसम्म आइपुग्न तीन–चार दिन लाग्ने छ”, मौसविद् पोखरेलले भन्नुभयो ।

जल तथा मौसम पूर्वनुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वनुमान जारी गदै आज देशका पश्चिमी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

आइतबार देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । सोमबार देशैभरी आंशिकदेखि सामान्य बद्ली रही एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम ३० डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा धेरै नेपालगञ्जको अधिकमत तापक्रम ३६ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।


प्रकाशित | २१ असार २०७६, शनिबार १३:३८