‘सरौतो’को गीत रिलीज (भिडियो )

काठमाडौं : हरि हुमागाईंको निर्देशनमा रहेको फिल्म ‘सरौतो’को पहिलो गीत ‘कुले दाई’ सार्वजनिक भएको छ । काठमाडौँमा एक कार्यक्रम गरि गायक तथा संगीतकार राजन राज शिवाकोटीको शब्द, संगीत तथा स्वर रहेको गीत सार्वजनिक भएको भएको हो । निलिशा शाक्यको कोरियोग्राफी रहेको गीतको भिडियोमा अभिनेत्री सुमी मोक्तान र अभिनेता सन्नी सिंहको फिचर्ड रहेको छ । फिल्मलाई कार्यक्रममा निर्माता तथा कलाकार दीपकराज गिरी, केदार घिमिरे, अभिनेता मनिष श्रेष्ठ, निर्देशक तथा कलाकार आसिफ शाहलगायत उपस्थित भएका थिए । फिल्ममा सुमी र सन्नी, विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की लगायतको अभिनय रहेको छ ।

https://youtu.be/0CuaNAnyAfs


प्रकाशित | १९ असार २०७६, बिहीबार १०:१०