संखुवासभामा प्रहरी र चन्द समूहबीच गोली हानाहान

संखुवासभा : संखुवासभामा सुरक्षाका लागि गस्तीमा रहेको प्रहरी टोली र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच दोहोरो गोली हानाहान भएको छ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट गएको नियमित गस्ती हेयाङ्ला पुगेको थियो । गस्ती टोलीलाई देखेपछि विप्लव समूहका कार्यकर्ताले फायर खोलेका थिए । उनीहरु २५ जना भन्दा बढीको समूहमा रहेको स्थानीयले जनाएका छन् ।

प्रहरीले जवाफी फायरिङ गरेपछि चन्द समूहका कार्यकर्ता भागेको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए । ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीको पैदल गस्ती त्यहाँ पुगेको थियो,’ प्रजिअ दुलाले भने, एक सुरक्षाकर्मी देख्नासाथ उनीहरुले फायरिङ गरे, त्यसपछि, प्रहरीले गोली चलायो ।’

क्षतिको विवरण पनि केही आएको छैन।


प्रकाशित | १६ असार २०७६, सोमबार १३:१२