जनताको सेवामा इमानदारीपूर्वक लागिरहन्छु : मेयर बासुदेव थापा

भक्तपुर:  सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले जनताको सेवामा इमानदारीपूर्वक लाग्न पाउँदा आफूलाई खुसी मिल्ने गरेको बताउनु भएको छ । नेकपा एमाले सूर्यविनायक नगरपालिका- ४ वडा कमिटिले आयोजना गरेको वनभोज कार्यक्रममा बोल्नुहुँदै एमाले जिल्ला कमिटि उपाध्यक्ष समेत रहनु भएको थापाले जनताको निस्वार्थ रुपमा सेवा गर्न पाउँदा छुट्टै किसिमको सन्तुष्टी मिल्ने गरेको बताउनु भयो ।

This image has an empty alt attribute; its file name is 222.jpg

मेयर थापाले एमालेका हरेक कार्यकताले जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । स्थानीयस्तरमा जनताका समस्या तथा गुनासो सम्बोधनमा अग्रसर भएर लाग्न आग्रह गर्नुहुँदै हरेक नेता कार्यकर्ताले निस्वार्थ हिसावले जनताको हितमा काम गर्नुपर्ने पनि बताउनुभयो ।

This image has an empty alt attribute; its file name is basu-pic-1024x486.jpg

सूर्यविनायकमा एमालेले दुई तिहाई मतसहित विजयी हासिल गरेको, भर्खरै सम्पन्न प्रदेश र संघको निर्वाचनमध्ये प्रदेशमा विजय हासिल गरे पनि संघमा झिनो मतले पराजय ब्यहोर्नु परेको बताउनुहुँदै आगामी दिनमा कमजोरी सुधार्दै र विगतबाट पाठ सिकेर अहिलेदेखि नै पूर्व तयारीमा लाग्नुपर्ने बताउनुभयो ।

This image has an empty alt attribute; its file name is meyar-1024x486.jpg

सोही अवसरमा मेयर थापालाई सम्मान समेत गरिएको थियो । मेयर थापाले आफूलाई सम्मान गरिएकोमा खुसी प्रकट गर्नुहुँदै भन्नुभयो, ‘तपाईको सम्मान त्यसै खेर फाल्न दिनेछैन । नगर प्रमुखको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्नेछु । वडा नं. ४ लगायत समग्र नगरपालिकालाई कसरी अगाडि बढाउने भनेर लाग्नेछु ।’


प्रकाशित | २३ पुष २०७९, शनिबार १८:४२