सूर्यविनायक नेपालकै विकासमा नमूनायोग्य नगरपालिका बन्दैछ: महेश बस्नेत

भक्तपुर : पूर्वमन्त्री तथा सांसद महेश बस्नेतले भक्तपुरको सूर्यविनायक नेपालकै विकासमा नमूनायोग्य नगरपालिका बन्दै गएको बताउनुभएको छ । स्थानीय तहमध्येको उत्कृष्ट नगरपालिकामा सूर्यविनायक नगरपालिका गनीएको भन्दै सूर्यविनायक नगरपालिकाको विकासबाट सबैले पाठ सिक्न आवश्यक रहेको बताउनुभयो ।

सूर्यविनायक नगरपालिकाको पाँचौ नगर सभामा सम्बोधन गर्दै सांसद बस्नेतले भक्तपुरमा विकासले छाएको बाढीले विकासविरोधीलाई अत्याएको जिकिर समेत गर्नुभयो । भक्तपुरबाट प्रधानमन्त्री स्वरोजगार कार्यक्रम थालनी भएकोमा भक्तपुरले गौरवान्भित महसुस गरिरहेको भन्दै केहि समाजविरोधी र विकासविरोधीको गलत प्रचारमा जनता नअलमलीने बताउनुभयो । ‘जनता अब धेरै सचेत भइसकेका छन्, गलत प्रचार गर्दैमा कसैले प्रत्याउनेवाला छैनन’, सांसद बस्नेतले भन्नुभयो, ‘५ मिटर बाटो बनाउन नसक्नेले जथाभावी प्रचार गर्दै हिड्नको कुनै तुक छैन ।’

भक्तपुरमा सडकका मात्र ६९ वटा योजना सञ्चालन भइरहेको, संघीय सरकारबाट भौतीक योजना ७२ वटा परेको, डोलीडारले ८ वटा पुल बनाएको, भूकम्पले ध्वस्त २७ वटा मठमन्दिर निमार्ण भइरहेको भन्दै भक्तपुर विकासमा नेपालकै नमुना नगरपालिका बनेको स्पष्ट पार्नुभयो । त्यस्तै, सांसद बस्नेतले भक्तपुरमा ३९ वटा खानेपानी आयोजना सञ्चालन भइरहेको, ५ हजार अट्ने कर्वड हल निर्माण भइरहेको र अनगिन्ती योजनाले भक्तपुरको विकासमा कायापलट गरेको बताउनुभयो ।


प्रकाशित | ९ असार २०७६, सोमबार १८:३२