अरब सागरमा आँधी बन्दा नेपालमा मनसुन ढिलो

अरब सागरमा विकसित भएर पश्चिम भारतको तटीय क्षेत्रतिर अघि बढेको एउटा शक्तिशाली समुद्री आँधीका कारण नेपालमा अप्रत्यक्ष मौसमी प्रभाव परेको मौसमविद्हरूले बताएका छन्।

वायुु नाम दिइएको उक्त आँधीले बाटो फेरेर पुनस् अरब सागरतिर फर्किएको छ।अरब सागरमा उक्त समुद्री आँधी विकसित भएकाले मनसुन पछि धकेलिएको मौसम पूर्वानुमान महाशाखामा बताएको छ।

नेपालमा प्रायस् जुन १० देखि मनसुनी वर्षा सुरु हुन्छ। त्यसका लागि बङ्गालको खाडी हुँदै पूर्वी क्षेत्रबाट धेरै जलवाष्पयुक्त बादल प्रवेश गर्नुपर्छ।

तर अरब सागरमा केही दिनअघि बन्न थालेको आँधीले यसपालि पूरै भारतीय उपमहाद्वीपको मनसुनी प्रक्रियालाई बिथोलिदिएको मौसमविद्हरूले बताएका छन्।

मौसमविद्का अनुसार,अरब सागरमा आँधी बन्न थाल्दा जलवाष्प पनि त्यतै केन्द्रित भयो।अर्थात् बङ्गालको खाडीतिर मनसुनको बादल राम्ररी विकसित हुन सकेन र वर्षा सुरु हुन ढिलो हुने भयो।

मौसमविद्हरूका अनुसार समुद्री आँधी ुवायुु को प्रभाव सकिएपछि मात्र फेरि मनसुनी प्रक्रिया सुरु हुनेछ।हिजोआज भइरहेको वर्षा चाहिँ प्रिमनसुनु गतिविधिका कारण स्थानीय रूपमा भएको हो।

बीबीसी नेपाली सेवा

 


प्रकाशित | ३२ जेष्ठ २०७६, शनिबार १३:४०