अष्ट्रेलियाले पाकिस्तानलाई हरायो

एजेन्सी : एकदिवसिय विश्वकप क्रिकेटमा साविक विजेता अष्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गरेको छ ।  बुधबार राती सम्पन्न खेलमा पाकिस्तानलाई ४१ रनले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपमा तेस्रो जित निकालेको हो । ३ सय ८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४५.४ ओभरमा अल आउट हुँदै २ सय ६६ रनमा समेटियो ।

पाकिस्तानका लागि ओपनर इमाम उल हकले सर्वाधिक ५३ रनको योगदान दिए । २६ ओभरको पहिलो बलमा प्याट कमिन्सले विकेटकीपर एलेक्स केरिबाट एक हातले उत्कृष्ट क्याच गराउनु अघि उनले ७५ बलमा ७ चौका प्रहार गरे ।

कमिन्सलेनै तेस्रो ओभरको पहिलो बलमा केन रिचड्सनबाट क्याच गराउँदै ओपनर फकार जमानलाई शून्यमा पेभिलिएन फर्काएका थिए । ११ ओभरको पाँचौ बलमा नाथन कुल्टर नाईलले बाबर आजमलाई ३० रनमा रिचड्सनबाट क्याच आउट गराए । बाबरले २८ बलमा ७ चौका प्रहार गरे । तेस्रो विकेटका लागि मोहम्मद हफिज र इमाम उल हकले ८० रनको साझेदारी गर्दै पाकिस्तानको जितको संभावना कायमै राखेका थिए ।

कप्तान आरोन फिन्चको २७ ओभरको अन्तिम फुलटस बलमा ठूलो शट खेल्न खोज्दा हफिज बाउन्ड्रीलाईन नजिकै मिचेल स्टार्कबाट क्याच हुन पुगेपछि पाकिस्तान दबाबमा परेको थियो । हफिजले ४९ बलमा ३ चौका र १ छक्का सहित ४६ रन बटुले ।

लगत्तै तीन बलपछि सोएब मालिक शुन्यमा पेभिलिन फर्किदा पाकिस्तान संकटमा पर्न पुग्र्यो । हसन अली आक्रमक ब्याटिङ गर्दै १५ बलमा समान ३ छक्का र चौका सहित ३२ रनमा क्याच आउट भए ।

तल्लोक्रममा कप्तान शरर्फराज अहमिद र वहाब रियाजले ६४ रनको साझेदारी गरेपछि खेल रोमान्चक मोडमा पुगेको थियो । ४५ ओभरको दोस्रो बलमा स्टार्कले रियाजलाई कट विहान्ड निकाल्दै ४५ रनमा केरिबाट क्याच आउट गराएपछि अष्ट्रेलिया खेलमा फर्किएको थियो । सुरुवाती समय एम्पारले आउट नदिएपनि कप्तान फिन्चले रिभ्यु लिदै आउट गराएका थिए । उनले ३९ बलमा ३ छक्का र २ चौका प्रहार गरे । दुईबल पछि स्टार्कले मोहम्मद आमिरलाई बोल्ड आउट गरेपछि अष्टे«लिया जित लगभग पक्का बनेको थियो ।

कप्तान अहमिद रन आउट हुनु अघि ४८ बलमा १ चौका सहित ४० रन जोडे । अष्ट्रेलियाका लागि प्याट कमिन्सले १० ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए । मिचेल स्टार्क र केन रिचड्सनको नाममा समान २ विकेट रह्यो । नाथन कुल्टर नाईल र कप्तान आरोन फिन्चले समान १ विकेट हात पारे ।

त्यस अघि टाउन्टनमा टस हारेर ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले ४९ ओभरमा अल आउट हुँदै ३ सय ७ रनमा समेटियो । अष्ट्रेलियाको सुरुवात उत्कृष्ट रहेपनि मध्यक्रम र तल्लोक्रमका ब्याट्सम्यान खराब प्रर्दशनमा अष्ट्रेलिया विशाल योगफल बनाउन चुकेको हो । अष्ट्रेलियाका लागि ओपनर डेविड वार्नरले शतक प्रहार गरे ।

वार्नरले ३६ ओभरको पहिलो बलमा शाहिन शाह अफ्रिदीलाई चौका प्रहार गर्दै १ सय २ बलमा आफ्नो विश्वकपमा दोस्रो तथा वान डे करियरको १५ औं शतक पुरा गरे । ३८ ओभरको पाँचौ बलमा अफ्रिदीले इमाम उल हकबाट क्याच आउट गराउनु अघि १ सय ११ बलमा ११ चौका र १ छक्का सहित १ सय ७ रनको शतकीय योगदान दिए ।

पहिलो विकेटका लागि कप्तान आरोन फिन्च र डेविड वार्नरले १ सय ४६ रनको उत्कृष्ट साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । तर अष्ट्रेलियाले अन्तिम ९ ओभरमा ५१ रन जोड्न ६ विकेट गुमाउँदा ठूलो योगफल बनाउन चुकेको हो ।

वार्नर र फिन्चको साझेदारी मोहम्मद आमिरले २३ ओभरको पहिलो बलमा मोहम्मद हफिजबाट फिन्चलाई ८२ रनमा क्याच गराउँदै तोडे । ठूलो शट खेल्ने धुनमा क्याच आउट हुनुअघि फिन्चले ८४ बलमा ६ चौका र ४ छक्का प्रहार गरे ।

२९ ओभरको चौथो बलमा मोहम्मद हफिजको बलमा ठूलो शट खेल्ने धुनमा स्टिभ स्मिथ आशिफ अलीबाट १० रनमा क्याच आउट भए । ३४ ओभरको चौथो बलमा शाहिन शाह अफ्रिदीले ग्लेन म्याक्सवेललाई २० रनमा बोल्ड आउट गरे । म्याक्सवेल पनि ठूलो शट खेल्ने धुनमा बोल्ड आउट हुनु अघि १० बलमा २ चौका र १ छक्का प्रहार गरे । शन मार्श २३,उस्मान खवाजा १८ र नाथन कुल्टर नाईल २ रनमा क्याच आउट भए । यी तीनै ब्याट्सम्यान ठूलो शट खेल्ने धुनमा क्याच आउट हुन पुगेका थिए । तल्लोक्रमका ब्याट्सम्यान सस्तैमा आउट भए ।

विकेटकीपर एलेक्स केरिले २१ बलमा २ चौका सहित २०,प्याट कमिन्स २, मिचेल स्टार्क ३ रनमा आउट भए । मोहम्मद आमिरले १० ओभरमा २ मेडन सहित ३० रन खर्चेर ५ विकेट लिए । त्यस्तै शाहिन शाह अफ्रिदी २ तथा हसन अली, मोहम्मद हफिज र वहाब रियाजले समान १(१ विकेट हात पारे ।

यस अघि अफगानिस्तान र वेस्ट इन्डिजलाई पराजित गर्दा अष्टे«लिया भारतसँग स्तब्ध भएको थियो । अष्टे«लियाले आफ्नो पाँचौ खेल आगमी शनिवार श्रीलंकासँग खेल्ने छ । पाकिस्तान वेस्ट इन्डिजसँग पराजित हुँदा इंग्ल्यान्डलाई पराजित गरेको थियो । श्रीलंकासँग भने बर्षाको कारा अंक बाडेको थियो । पाकिस्तानले अव आफ्नो पाँचौ खेल आगमी असार १ गते भारतसँग खेल्ने छ ।


प्रकाशित | ३० जेष्ठ २०७६, बिहीबार ०८:३८