चलचित्र ‘न यता न उता’ को नयाँ रिलिज मिती घोषणा

काठमाडौ: चलचित्र न यता न उता को नयाँ रिलिज मिती घोषणा गरिएको छ । सो चलचित्र आगामी साउन १७ गते रिलीज गरिने घोषणा गरिएको हो । शुक्रबार यस चलचित्रले शिर्ष गीत सार्वजनिक गर्दै नयाँ रिलिज मिती सार्वजनीक गरेको हो । चलचित्रको सार्वजनिक गरिएको गीतलाई सुरज विक्रम थापा बुलेट फ्लोको कम्पोज तथा शब्द, संगीत रहेको छ, गीतमा स्वर पनि उनैको रहेको छ साथै उनलाई एक्स प्रिति कौरले स्वरमा साथ दिएकी छन् ।

गीतमा मुख्य कलाकार मिस्टर प्रिन्स, मिराज रोश, समिर दिक्षित, नम्रता सापकोटा, प्रिति कौरलाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतको भिडियोलाई शिशिर घर्तिले कोरियोग्राफी गरेका हुन् । चलचित्रलाई विशारद बस्नेत र मिराज रोशले निर्देशन गरेका हुन् ।‘न यता न उता’मा छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, किरण राईको अभिनय रहेको छ ।


प्रकाशित | १२ जेष्ठ २०७६, आईतवार १०:३९