कुकुरले एकैपटकमा १६ वटा छाउरा जन्माएपछि

एजेन्सीः बेलायतमा एउटा घरपालुवा पोथी कुकुरले एकैपटकमा १६ वटा छाउरा जन्माएको छ । सैनिक जवान मार्क मार्शलले सेनाको ब्यारेकभित्रै आफ्नो घरमा पालेको रोक्सी नामको कुकुरले १६ वटा छाउरा जन्माएको हो । बढिमा ६ वटासम्म छाउरा जन्माउला भन्ने आशा गरेका मार्शलले यतिधेरै १६ वटा बच्चा पाएपछि उनलाई निकै समस्या परेको बताएका छन् ।  रोक्सीको पेट भेटेरेनरी अस्पतालमा परीक्षण गराउँदा पनि ६ वटा बच्चा भएको बताइएको थियो । तर उनको कुकुरले अस्पताललाई फेल खुवाउँदै १६ वटा बच्चा जन्माएपछि सबै अचम्म परेका थिए । उनले सबै छाउराहरुलाई राम्रो स्तरको खानेकुरा र स्याहारसुसार दिएर हुर्काइरहेका छन् ।


प्रकाशित | २६ बैशाख २०७६, बिहीबार १९:४१