एनआरएनएको निर्वाचन २०२१ भित्र संरक्षक परिषद् मार्फत गराउन परराष्ट्रको निर्देशन

काठमाडौँ – परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली संघको निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई दिन निर्देशन दिएको छ । मन्त्रालयले आज एक पत्र पठाउँदै सो निर्देशन दिएको हो । केहि दिन अघि मात्र एनआरएनएको निर्वाचन आगामी डिसेम्वर १५ मा गर्ने घोषणा गरिएको थियो ।

मन्त्रालयले दिएको निर्देशनमा भनीएको छ, ‘हाल संघमा देखिएका विवादहरुको सामधान गरी २०२१ भित्र दशौं अन्तर्राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने कार्य विधानको धारा १६ बमोजिम गठित संरक्षक परिषदबाट मात्र गर्नु, गराउनु ।’

परराष्ट्रले हालको कुमार पन्त नेतृत्वको ‘वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषदको कार्यकाल पुरा भइसकेको हुँदा त्यस परिषदले संस्थालाई असर गर्ने कुनै कार्य नगर्न नगराउन’ समेत निर्देशन दिएको छ ।

परराष्ट्रले एनआरएनएलाई दिएको निर्देशनमा भनिएको छ, ‘विगतको प्रचलित अभ्यास अनुसार वर्तमान राष्ट्रिय समन्वय परिषदले सिफारिस गरी पठाएका महाधिवेशन प्रतिनिधिहरुलाई मान्यता दिनू ।’ परराष्ट्रले प्रतिनिधी विवादका विषयमा ६५ प्रतिशत प्रतिनिधिसमेत नयाँ कार्य समितिलाई छान्न दिनुपर्ने निर्देशन दिएको छ ।


प्रकाशित | ६ मंसिर २०७८, सोमबार १७:५७