कोभिड प्रभावीत नेपालीको सहयोगमा जुट्न अध्यक्षका उम्मेदवार कृष्ण लामिछानेको आह्वान

टेक्सस । गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिका अध्यक्षका उम्मेदवार कृष्ण लामिछानेले कोेभिड प्रभावीत नेपालीको सहयोगको लागि आह्वान गर्नु भएको छ । लामिछानेले एक बिज्ञप्ति जारी गर्दै एनआरएनए अमेरिकाका उम्मेदवारहरुलाई कोभिड प्रभावीत नेपालीको लागि सहयोग गर्न आह्वान गर्नु भएको हो ।

लामिछानेले निर्बाचनका क्रियाकलापहरुलाई निरन्तरता दिदा दिदै पनि मातृभूमीमा देखिएको प्रकोपका बिरुद्ध लड्न के कस्तो योगदान दिन सकिन्छ भन्ने बिषयमा सबै उम्मेदवारका बीच छलफल गर्न तत्काल सामुहिक छलफल कार्यक्रमको आह्वान गर्नुभएको हो । साथै लामिछानेले यस बिषयमा आफ्नो राय  इमेल गरि पठाई दिनु पनि सबै उम्मेदवारहरुलाई आग्रह गर्नुभएको छ ।

लामछिानेले भन्नुभएको छ, ‘यतिबेला हामी एनआरएनए अमेरिकाको आगामी कार्यकाल ( २०२१-२०२३ ) को निर्बाचन प्रक्रियामा व्यस्त छौं । हामी सबैको ध्यान निर्बाचनमा आफ्ना एजेन्डाहरुलाई मतदाताको बिचमा लगेर अनुमोदन गराउने कार्यमा केन्द्रित छ । तर यसै समयमा मातृभूमी नेपालमा कोभिड -१९ को संक्रमणको दोस्रो लहरले हजारौं नेपाली आमा बुबा दाजु भाई दिदी बहिनीहरु संक्रमित हुनुभएको छ, सयौैको संख्यामा ज्यान गइसकेको छ र यो क्रम दिनानुदीन बढ्दो छ । संक्रमण र मृत्यु दर हेर्दा अबको केहि समयमा स्थिति भयाबह हुन् सक्ने अनुमान गर्न सकिन्छ ।’

‘हाम्रो मातृभूमी यो कहाली लाग्दो संकटबाट गुज्री रहदा हामी यहाँ चुप लागेर बस्न सक्दैनौ । मातृभूमीको यो संकटमा हामी एनआरएनएहरुले तत्काल के कस्तो सहयोग गर्न सकिन्छ भन्ने बिषयमा कम से कम हामी सबै पदका उम्मेद्वारहरु एउटा मञ्चमा उभिएर छलफल गरेर सामुहिक निष्कर्षमा पुग्नु अत्यन्त जरुरी भएको छ’ , उहाँले थप्दै भन्नुभएको छ ।

 


प्रकाशित | २२ बैशाख २०७८, बुधबार २१:३५