गुठी विधेयक फीर्ता लिने सरकारको निर्णय

काठमाडौं : सरकारले गुठी विधेयक फिर्ता लिने घोषणा गरेको छ । भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गर्दै राष्ट्रिय सभामा दर्ता भएको गुठी विधेयक फिर्ता लिएको घोषणा गर्नुभएको हो । पत्रकार सम्मेलनमा विधेयकलाई लिएर भ्रम सिजर्ना गर्ने र वातावरण विथोल्ने कोसिस भएको भन्दै सरोकारवालासँग थप छलफल आवश्यक देखिएकाले विधेयक फिर्ता लिएको मन्त्री अर्यालले जानकारी गराउनुभयो ।


प्रकाशित | ३ असार २०७६, मंगलवार १७:०९