संखुवासभाको चैनपुर नगरपालिकामा सिद्धकाली पर्यटन प्रवद्र्धन विराट सभा आयोजना हुने

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाले आगामी बैसाख १६ र १७ गते २ दिवसीय सिद्धकाली पर्यटन प्रवद्र्धन विराट सभा आयोजना गर्ने भएको छ ।

चैनपुर नगरपालिकामा अवस्थित धार्मिक एवं ऐतिहासिक महत्व बोकेको सिद्धकाली मन्दिर एवं समग्र क्षेत्रको व्यापक प्रचार प्रसारका माध्यमबाट देशव्यापी रुपमा सन्देश प्रवाह गरी देशकै एक धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उदेश्यका साथ सिद्धकाली पर्यटन प्रवद्र्धन विराट सभा आयोजना गर्न लागिएको हो ।

उक्त विराट सभामा नेपालका देवस्थल, तिर्थस्थलहरुको प्रचार प्रसार एवं संरक्षण संवद्र्धनमा आवद्ध तथा शिक्षा, स्वास्थ्य र सेवामा क्रियाशील रहनु भएका श्री मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज श्री मुक्तिनाथबाबाज्युको आशिर्वादात्मक सम्बोधन हुने आयोजकले जनाएको छ ।


प्रकाशित | २२ चैत्र २०७७, आईतवार १८:०३