काठमाडौं – गायक आनन्द खत्रीको नविनतम गीत ‘तिम्रो बोलीले ’ भिडियो सार्वजनिक भएको छ । माया प्रेममा आउने उतार चढावलाई मीठो शब्दमा तयार गरिएको ‘तिम्रो बोलीले’ गीतलाई गायक खत्रीले निकै नै मीठो लोक पप भाकामा तयार पारेका छन् । यूवापुस्तालाई विशेष ध्यान दिएर कोरिएको शब्दहरुमा उतिकै मिठास स्वरले भरेका छन् खत्रीले ।
प्रेमिल जोडीको रोमान्चक कथावस्तुलाई समेटिएको ‘तिम्रो बोलीले ’ बोलको गीतको भिडियोमा अनु खड्का, क्रिसल श्रेष्ठले मुख्य भूमिकामा अभिनय गरेका छन् भने उनीहरुलाई सन्तोष केसी, पर्ल शाक्य, युजन श्रेष्ठ, रंजित महतले अभिनयमा साथ दिएका छन् ।
भिडियोमा अनु खड्काको कोरियोग्राफी, प्रजिता श्रेष्ठ र स्रिष्टीना श्रेष्ठको श्रृङ्गार, आयुष महतको ड्रोन अपरेट, विबेक शाक्यको छायाँकन, सम्पादन, कलरिङ तथा निर्देशन रहेको छ । आनन्द खत्री एण्ड फ्रेण्ड्सको प्रस्तुति ‘तिम्रो बोलीले’मा गायक खत्री कै शब्द, संगित, विवेक शाक्यको संगित एरेन्ज रहेको छ भने गितको भिडियो गायक खत्रीको आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।
गितको भिडियो निकै नै उत्कृष्ट बनेकोमा गीतले राम्रो बजार पाउनेमा ढुक्क रहेको गायक खत्री ढुक्क देखिन्छन् । गीत संगीतलाई अति नै माय गर्ने खत्रीको यसअघि पनि राम्रा राम्रा गीहरु बजारमा आइसकेका छन् भने थुप्रै गीत रेकर्डिङको तयारीमा रहेको छ ।
प्रकाशित | ५ मंसिर २०७७, शुक्रबार २१:०४