तीन महिनाभित्र उपनिर्वाचन गराइसक्ने प्रमुख निर्वाचन आयुक्त थपलियाको घोषणा

काठमाडौं : प्रमुख निर्वाचन आयुक्तमा सर्वसम्मत अनुमोदित दिनेशचन्द्र थपलियाले तीन महिनाभित्र उपनिर्वाचन गराइसक्ने घोषणा गर्नुभएको छ । संसदको सुनुवाइ समितिमा तीन महिनाभित्र उपचुनाव गराइसक्ने र आयोगलाई संघीयताअनुसार पुनसंरचना गर्ने बताउनुभएको हो । उपनिर्वाचनालाई सफल र धाँधलीरहित बनाउन आवश्‍क कानुनलाई पूर्णता दिने बताउनुभयो ।

थपलियाले सबै निर्वाचनमा विद्युतीय मतदान प्रणालीको विकास गर्ने आफ्नो योजना प्रस्तुत गर्नुभयो । समिति बैठकसमक्ष निर्वाचन प्रणालीमा आमूल परिवर्तनको खाँचो रहेको औंल्याउँदै थपलियाले त्यसको लागि सबै स्थानीय तहमा मतदाता नामावली संकलन र अध्यावधिक हुने गरी ‘निर्वाचन समन्वय ईकाई’ स्थापना गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।

उहाँले निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदान गर्ने अधिकार दिनेबारे कसरी सम्‍भव हुन्छ यसबारे सकारात्मक रहेको बताउनुभयो । समितिमा आफ्ना कार्ययोजना र अनुभव प्रस्तुत गर्दै उहाँले आफ्ना प्रमुख काममा स्थानीय तह प्रदेश र संघमा खाली रहेका जनप्रतिनिधिको सिटमा उपनिर्वाचन गर्ने बताउनुभयो ।


प्रकाशित | ४ बैशाख २०७६, बुधबार १९:३१