उदयपुरमा चट्याङ लागेर एकको मृत्यु, ५ जना घाइते

उदयपुर : हावाहुरी र वर्षासँगै परेको चट्याङले उदयपुरमा एक जनाको मृत्यु भएको छ । हावाले सदरमुकाम गाईघाटलगायत विभिन्न ठाउँका कैयौंको घर टहराको छानो उडाउनुका साथै ६ जना घाइते भएका छन् । गएराति परेको चट्याङले कटारी नगरपालिका ८ की ३७ वर्षीया कालीमाया आलेमगरको मृत्यु भएको छ भने उनकै परिवारका श्रीमान् र छोराछोरीसहित ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आधादर्जन बढीको घर टहरा उडाउनुका साथै लाखौंको कृषि व्यवसायमा क्षति पुगेको छ। हावाहुरीबाट विद्युत जिल्लाका कतिपय ठाउँमा विद्युत् अवरुद्ध हुन पुगेको छ। तत्काल पीडितको उद्धार गर्न प्रहरी टोली खटाउन कठिनाइ भएको प्रहरीले जनाएको छ।


प्रकाशित | ४ बैशाख २०७६, बुधबार १७:२४