काठमाडौंका ४ र भक्तपुरका १ जनामा कोरोना पुष्टि

काठमाडौं : काठमाडौं उपत्यकामा पनि ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार उपत्यकाका थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौंका ४ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका १ महिला र ३ पुरुष, भक्तपुरकाका १ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।


प्रकाशित | १३ असार २०७७, शनिबार १७:०३