कला, संस्कृति संरक्षणमा जुटे सांसद बस्नेत : बोडेको रथ पुजा समितिलाई १ लाख सहयोग

भक्तपुर :  भक्तपुर क्षेत्र नम्बर २ का सांसद महेश बस्नेतले विशेष गरि नेवारी समुदायले मनाउने चार्डपर्व, कला संस्कृतिमा विशेष रुची राख्दै त्यसको संरक्षणमा लागिपर्नुभएको छ । हाम्रो कला, हाम्रो संस्कृति, मध्यपुर थिमी हाम्रो सम्पत्ति भन्ने पहिचानलाई आत्मसात् गर्दै भक्तपुरमा आठ रात नौ दिन सम्म मनाइने बिस्केट जात्रा अन्तर्गतको मध्यपुर थिमीको बिस्का जात्रा सभ्य र भव्य रुपमा सम्पन्न गर्न वोडेको रथ पुजा समितिलाई १ लाख सहयोग गर्नुभएको छ । सांसद बस्नेतले भक्तपुर कला, संस्कृति, परम्परा लगायतको राजधानी भएको बताउँदै यसको संरक्षमा आफूले सक्दो सहयोग गर्ने बताउनुभयो । भक्तपुर प्राकृतिक रुपमा सुन्दर र मनोरम भएकाले पर्यटकिय विकास गर्दै लैजानुपर्नेमा जोड समेत दिनुभयो ।


प्रकाशित | २ बैशाख २०७६, सोमबार २०:१५