नेपालमा कोरोना सङ्क्रमितमा लक्षण देखिने क्रम बढ्यो

काठमाण्डौ : नेपालमा कोरोना सङ्क्रमितमा लक्षण देखिने क्रम बढेको चिकित्सकहरुले बताएका छन् । यस अघि सङ्क्रमितमध्ये ९८ प्रतिशतमा लक्षणै नदेखिएकोमा नयाँ सङ्क्रमितमा लक्षण देखिने क्रम बढेको हो ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कार्यकारी निर्देशक डाक्टर वासुदेव पाण्डेले पछिल्लो समय काठमाडौँ उपत्यकामा देखिएका १६ जना मध्ये नौ जनामा लक्षण देखिएको बताउनुभयो । लक्षण देखिएका सङ्क्रमित भेटिन थाल्नुले चुनौती थपिएकोले सतर्कता अपनाउनुपर्ने डाक्टर पाण्डेको सुझाव छ ।

कतिपय बिरामीलाई आइसीयूमै राख्नुपरेको छ । पछिल्लो समय देखिएका सङ्क्रमितमा रुखाखोकी लाग्ने, श्वासप्रश्वासमा समस्या, थकाइ लाग्ने, जीउ थाक्ने, स्वाद र गन्ध थाहा नपाउने जस्ता समस्या देखिन थालेका कार्यकारी निर्देशक पाण्डेले बताउनुभयो ।


प्रकाशित | १० श्रावण २०७७, शनिबार १९:३८