टेकु अस्पतालमा कोरोना उपचाररत ४ जना डिस्चार्ज

काठमाडौं: कोरोना भाइरसको संक्रमणपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत ४ जना डिस्चार्ज भएका छन्। अस्पतालका निर्देशक डा सागर राजभण्डारीका अनुसार कोरोना भाइरसको संक्रमणबाट मुक्त भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

उहाँका अनुसार डिस्चार्ज हुनेमा ३ महिला र एक पुरुष छन्। उनीहरुको पछिल्लो २ पटकको प्रयोगशाला परीक्षणमा कोरोना संक्रमण नदेखिएपछि डिस्चार्ज गरिएको हो। यो सँगै नेपालमा कोरोना उपचारपछि निको हुनेको संख्या ४९ पुगेको छ।


प्रकाशित | ८ जेष्ठ २०७७, बिहीबार १६:५१