कालिन्चोक मन्दिर दर्शन गरि फर्कदै गरेको बस दुर्घटना, १३ जनाको घटनास्थलमै मृत्यु

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु–जिरी सडक अन्तर्गत ६ किलो मोडमा यात्रुबहाक बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।  दोलखाको कालिन्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस बिहान ७ बजेतिर दुर्घटना भएको हो ।

जिल्ला टाफिक प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख सई राजेश दाहालका अनुसार ६ किलोको मोडबाट पल्टिएको बस सडकमै पुगेको थियो। कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको सो बस दुर्घटना भएको हो ।

सडकबाट करिब पाँच सय मिटर तल खसेको थियो । बसमा कति कति यात्रु थिए भन्ने यकिन नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

मुत्यु हुनेहरुमा ८ महिला, ३ पुरुष,१ बालक र १ बालिका रहेका छन् । । मृतकको सनाखत भईसकेको छैन । बसको ब्रेक फेल हुँदा बस मोडबाट २ सय मिटर तल खसेको छ ।


प्रकाशित | २९ मंसिर २०७६, आईतवार ०९:५३