सेल्टिक युरोपा लिगको अन्तिम ३२ मा

एजेन्सी: सेल्टिक युरोपा लिग फुटबलको अन्तिम ३२ मा प्रवेश गरेको छ ।  बिहिबार राति भएको समूह चरणको खेलमा इटालियन क्लब लाजियोलाई २(१ गोल अन्तरले पराजित गर्दै सेल्टिक अन्तिम ३२ मा पुगेको हो ।

लाजियोको मैदानमा सुरुवाती अग्रता उल्टाएर सेल्टिकले जित निकालेको हो । खेलको सातौं मिनेटमा सिरो इमोबाइलले गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए ।

खेलको ३८ औं मिनेटमा जेम्स फोरेस्टले गोल गर्दै सेल्टिकलाई खेलमा फर्काए । त्यसपछि खेलको इन्जुरी समयमा ओलिभरले गोल गर्दै सेल्टिकलाई २-१ को जित दिलाए ।

जितसँगै समूह ुईु को सेल्टिकले ४ खेलबाट १० अंक जोडेको छ । र, सेल्टिक शीर्ष स्थानमा रहेको छ । पराजित लाजियो ३ अंक जोडेर तेस्रो स्थानमा छ । यसै समूहको अर्को खेलमा क्लुजले रेनसलाई १(० ले हराएको छ ।


प्रकाशित | २२ कार्तिक २०७६, शुक्रबार ११:२४