जुगल हिमालमा पहिलो पटक मानव पाइला : तीन जनाले गरे हिमालको सफल आरोहण

काठमाडौं : जुगल हिमालमा पहिलो पटक मानवले पाइला टेकेका छन् । सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा ३ जनाले भर्जिन जुगल हिमालमा पहिलोपटक पाइला टेक्नु भएको हो । पहिलो पटक हिमाल आरोहण गर्नेमा माया गुरुङ, शर्मिला थापा, तुलसी गुरुङ र मिलन लामा हुनुहुन्छ । मङ्गलबार ५ बजेर २० मिनेटमा हिमालको सफल आरोहण गरेको जनाइएको छ ।

प्रदेश नम्बर ३ अन्तर्गत सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिकामा रहेको जुगल हिमशृङ्खलाअन्तर्गतको ग्याल्जेन पिकमा चैत्र १५ गतेबाट आरोहण थाल्नु भएको थियो । जसमध्ये केही बीचबाटोबाटै फर्किएका थिए ।  काठमाडौंबाट सबैभन्दा नजिक १ सय ४५ किमि दुरीमा रहेको जुगल हिमशृङ्खलाअन्तर्गतको ग्लाल्जेन पिक २२ दिनमा आरोहण गरी फर्कन सकिनेछ । ।

सन् १९३० मा अमेरिकन टोलीले जुगल हिमाल आरोहणको प्रयास गरेको थियो । तर, उनीहरू जुगलको पूरा उँचाइ ६ हजार पाँच सय ३५ मिटरसम्म नपुगी फर्केका थिए ।  जुगल गाँउपलिकाका अध्यक्ष होमनारायण श्रेष्ठका अनुसार ६ हजार एक सय ५१ मिटर उँचाइसम्म पुगेका अमेरिकन आरोहीले सो हिमशृङ्खलालाई ग्याल्जेन पिक नामकरण गरिएको हो ।


प्रकाशित | २६ चैत्र २०७५, मंगलवार २१:२१