लगानी सम्मेलनमा लगानीकर्ताको एकै स्वर : नेपाल लगानीको लागि उपयुक्त गन्तव्य

काठमाडौँ –  राजधानीमा लगानी सम्मेलन जारी छ । लगानी सम्मेलनमा सहभागि लगानीकर्ताले नेपाल लगानीको लागि उपयुक्त गन्तब्य मुलुक भएको भन्दै सबैमा लगानीका लागि अपिल गरेका छन् । अन्तर्राष्ट्रिय लगानी सम्मेलनका क्रममा आज आयोजित नेपालमा लगानीः अनुभव आदानप्रदान सत्रमा सहभागी उद्योगी, व्यवसायी तथा लगानीकर्ताले नेपाल लगानीका लागि उपयुक्त मुलुक भएको भन्दै लगानी गर्न सबैमा अपिल गरेका […]

वैशाखदेखि नयाँ सडकमा ‘स्मार्ट पार्किङ’

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी वैशाखदेखि नयाँ सडक आसपासका पाँच स्थानमा ‘स्मार्ट पार्किङ’ शुरु गर्ने भएको छ । महानगरले ब्हिल्स ट्रलीयोर्स प्रालिसँगको सहकार्यमा यो सेवा शुरु गर्न लागेको हो । सवारीको अत्यधिक चाप व्यवस्थापन हुन नसक्दा सो क्षेत्रमा समस्या भएपछि यस किसिमको व्यवस्था गर्न लागिएको हो । वैशाखदेखि नयाँ सडकको रामेश्वर मिठाई पछाडिको भाग, विशाल […]

विमानस्थलकै कर्मचारी मानवतस्करीमा संलग्न

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी मानव तस्करीमा संलग्न भएको बलियो प्रमाण फेला परेको छ । विमानस्थल अध्यागमनका कर्मचारीसँग ‘सेटिङ’ मिलाएर गएका ५ नेपाली युवालाई गत फागुन १७ मा अफ्रिकी राष्ट्र मरिससले फर्काइदिएको छ । फागुन १६ गते दुबई हुँदै मरिसस गएका रुकुम चौरजहारीका अविनाश नेपाली, हिमबहादुर बुढा, ओपेन्द्र बुढामगर, वीरेन्द्र बुढामगर र […]

एसईई परीक्षाः शिक्षक नै खोस्छन् प्याड

अछाम – पञ्चदेव विनायक नगरपालिका १ कुइकाकी कल्पना रिमाल चैत १० बाट सुरु एसईई परीक्षा दिन ८ गते नै घरबाट निस्किइन् । सदरमुकामस्थित विद्या मन्दिर मावि विनायकको परीक्षा केन्द्र परेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा मेनुका ढुंगानाले लेखेका छन् । बिरानो ठाउँ गएर परीक्षा दिँदा कुनै अप्ठ्यारी पर्ने हो कि भन्ने डरले उनलाई […]

सांसदको प्रश्नप्रति मन्त्रीको वेवास्था

काठमाडौं – सांसदले सोधेका प्रश्नको जवाफ नै नदिई मन्त्रीहरू भाग्ने गरेका छन्। मन्त्रीले कतिपय प्रश्नको जवाफ नै नदिने र दिए पनि चित्तबुझ्दो नहुने सांसदहरूको गुनासो छ । यो समाचार गंगा बरालले लेखेका छन् । प्रतिनिधिसभाको प्रश्न व्यवस्थापन शाखाका अनुसार आइतबार सकिएको तेस्रो अधिवेशनमा १ सय ४७ वटा मौखिक प्रश्न दर्ता भएका थिए । यसमध्ये मन्त्रीले […]

देशका अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा

काठमाडौँ – पश्चिमी वायुसँग स्थानीय वायु मिसिँदा आज काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा भएको छ । पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट आजदेखि शुरु भएको वर्षा बिहानदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको जल तथा मौसम पूर्वनुमान महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार यो क्रम आज रातिसम्म कायम रहनेछ । बुधबारदेखि […]

युवालाई स्वरोजगार बनाउन ऋण प्रवाहलाई सरलीकृत बनाइने

काठमाडौँ- युवालाई स्वरोजगार बनाउन प्रदान गरिने कर्जा प्रवाहलाई सरलीकृत बनाइने सरोकारवालाले बताउनुभएको छ । राष्ट्रिय युवा परिषद्ले आज भक्तपुरमा आयोजना गरेको ‘युवा उद्यमी र सहजीकरण’ विषयक अन्तरक्रिया कार्यक्रममा युवालाई प्रदान गरिने कर्जा प्रवाहलाई सरलीकृत बनाइने बताउनुभएको हो । राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले युवा उद्यमीलाई आफूहरुले सरल रुपमा कर्जा प्रदान गरिरहेको बताउनुभयो […]