निजामतीमा उमेर हद साठी वर्ष कायम गर्न संसदीय समितिमा सहमति

प्रकाश सिलवाल/काठमाडौं लामो छलफल र बहसपछि निजामती सेवाका कर्मचारीको अनिवार्य अवकाशको उमेर हद ५८ बाट बढाएर ६० वर्ष कायम गर्न संसदीय समितिमा सहमति जुटेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नेपालीको औसत आयु वृद्धि भएको, न्याय, स्वास्थ्य र प्राध्यापन सेवामा ५८ भन्दामाथि उमेर हद रहेको तथा अन्तर्राष्ट्रिय अभ्याससमेतलाई ध्यान दिएर उमेर […]

डिभी परेर वडाध्यक्ष अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन

हेटौँडा : मकवानपुरको भिमफेदी गाउँपालिका– ८ का वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि सार्वजनिक सेवा र विकास निर्माणको काम प्रभावित भएको छ । चुनाव जितेका वडाध्यक्ष अमेरिका गएपछि विगत सात महिनायता वडा कार्यालय नेतृत्वविहीन बनेको छ । समयमै राजीनामासमेत नआएपछि त्यहाँ उपनिर्वाचनसमेत नहुने अवस्था रहेको जनाइएको छ । वडा सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर […]

रुपज्योति पक्राउको विरोधमा निजी क्षेत्र आन्दोलित

काठमाडौं: निजी क्षेत्र विरोधमा उत्रिएको छ । नेपाल उद्योग बाणिज्य संघ काठमाडौंले बुधबार विज्ञप्ती जारी गर्दै विरोधका कार्यक्रम सार्वजनिक गरेपछि निजीक्षेत्र अब खुलेरै मैदान आएको हो । यसअघि नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नाडा एशोसिएशन नेपाल, नेपाल चीन चेम्बरआदीले विज्ञप्ती जारी गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए । नेपाल उद्योग बाणिज्य संघ काठमाडौंले […]

लिम्पियाधुरालाई नेपालको नक्सामा समेट्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं: नापी विभागले जारी गरेको नेपालको राजनीतिक नक्सामा लिम्पियाधुरालार्ई समावेश गर्न माग गर्दै सर्वोच्च अदालतमा आज रिट निवेदन दायर भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसमेतलाई विपक्षी बनाई आज पाटन क्याम्पसका उपप्राध्यापक फणीन्द्र नेपाल र अधिवक्ता सुजीत केसीले संयुक्त रुपमा रिट निवेदन दिनुभएको हो । वर्तमान प्रयोगमा आएको नेपालको नक्सामा लिम्पियाधुरा नभएको […]

लोक सेवामा खुल्यो साढे दुई सय अघिकृतको जागिर

काठमाडौं : लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (अधिकृत) पदका लागि आवेदन आह्वान गरेको छ । लोक सेवाले प्राविधिक तर्फ ठूलो संख्यामा आवेदन आह्वान गरेको हो ।   गोरखापत्र दैनिकमा  बुधबार   सूचना प्रकाशित गर्दै लोक सेवाले २ सय ६१ जना राजपत्रांकित तृतीय श्रेणीका अधिकृतको लागि आवेदन आह्वान गरेको हो ।

भ्रमण वर्ष शुभारम्भमा ४० देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा

काठमाडौं : सरकारले नेपाल भ्रमण वर्ष, २०२० अभियानको शुभारम्भमा विभिन्न ४० देशका पर्यटनमन्त्रीलाई सहभागी गराउनेभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्ष अभियानको उद्घाटन कार्यक्रममा सहभागिताका लागि ४० देशका पर्यटनमन्त्रीलाई निमन्त्रणा गरिएको जानकारी दिनुभयो । प्रदेश ३ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आज ललितपुरमा आयोजना गरेको ‘नेपाल भ्रमण वर्ष, २०२० […]

बङ्गलादेशसँगको बाईस वर्षे व्यापार : नेपाल नाफामा

काठमाडौं : सबैभन्दा नजीकको तेस्रो मुलुक बङ्गलादेशसँगको व्यापार सन्तुलनमा पाँच वर्षयता निरन्तर घाटा व्यहोर्नु परे पनि पारवहन मार्ग खुलेयताको २२ वर्षमा भने नाफा नै भएको छ । विसं २०५४ भदौ १४ गते नेपाल र बङ्गलादेशबीच पूर्वी नाका काँकडभिट्टाबाट भारतको फूलबारी भन्सार हुँदै बङ्गलादेशको बङ्गलाबन्ध जोड्ने ५४ किलोमिटर लामो स्थल पारवहन मार्गको प्रयोग शुरु भएको थियो […]