एउटै वडामा ६० लाई डेङ्गु, नियन्त्रण अभियानमा सेना–प्रहरी

हेटौडा : हेटौँडामा डेङ्गुले महामारीको रूप लिन थालेपछि नियन्त्रण अभियानमा आजबाट नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सहभागी भएका छन् । हेटौँडाको पशुपति मन्दिर परिसरबाट ठूलो सङ्ख्यामा सर्वसाधरण, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, प्रदेशसभा सदस्य, नेपाली सेना, प्रहरी तथा सशस्त्र प्रहरीका अधिकृत हेटौँडा उपमहानगरपालिकाका पदाधिकारी, नगर प्रहरीलगायत सयौँको सङ्ख्यामा स्थानीयवासी तथा सुरक्षाकर्मी बिहानैबाट […]

कोशी टप्पुमा मरेका पशुमा प्राणघातक एन्थ्रेक्स जीवाणु फेला

सुनसरी : कोशी टप्पु वन्यजन्तु आरक्षसँगै जोडिएको घाँसे मैदानमा मृतावस्था भेटिएका करीब चार दर्जन गाईगोरुमा मानिसको समेत ज्यान लिन सक्ने प्राणघातक ‘एन्थ्रेक्स’को जीवाणु फेला परेको छ । तीन दिनअघि मृतावस्थामा फेला परेका चौपायाको रगतको नमूना परीक्षणका क्रममा एन्थ्रेक्स फेला परेको हो । ४८ वटा पशु मरेपछि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणले चौपायामा एन्थ्रेक्सको […]

डेङ्गु नियन्त्रण गर्न आर्थिक सङ्कट

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई डेङ्गु रोग नियन्त्रण गर्न आर्थिक सङ्कट देखा परेको छ । आव २०७५÷७६ को हालसम्म तीन हजार ४२५ मा सो रोग देखा परिसकेको छ । तीमध्ये तीन हजार जना सुनसरी जिल्लाका मात्र रहेका छन् । सङ्घीयता कार्यान्वयनसँगै किटजन्य रोग नियन्त्रण तथा रोकथाममा समन्वय गर्दै आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका […]

चिकित्सा शिक्षा ऐन विपरीत पाँच प्रतिशत शुल्क वृद्धि

काठमाडौं: चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जले स्नातक तहका शैक्षिक कार्यक्रममा पाँच प्रतिशत शुल्क वृद्धि गरेको छ । त्रिभूवन विश्वविद्यालयअन्तर्गत संस्थान सञ्चालित रहेको छ । शैक्षिक कार्यक्रमअन्तर्गत संस्थानले एमबिबिएस र बिडिएससहित अन्य ११ विभिन्न विषयको अध्यापनमा शुल्क वृद्धि गर्ने निर्णय संस्थान अन्तर्गतको विद्या परिषद्को बैठकले बिहीबार गरेको थियो । तर सो निर्णय सार्वजनिक गरिएको छैन । चिकित्सा […]

मोबाइल एपबाटै अस्पतालको टिकट

काठमाडौं : स्वास्थ्य परीक्षण गर्नका लागि टिकट लिन अब निजामती कर्मचारी अस्पताल ‘सिभिल सर्भिस हस्पिटल’ मा पुग्नुपर्ने अवस्थाको अन्त्य भएको छ । सो अस्पतालले आजबाट बिरामी परीक्षणका लागि मोबाइल एपबाटै टिकट बुकिङ गर्ने व्यवस्था मिलाएपछि टिकट काट्न लाइमा बस्नुपर्ने बाध्यता हटेको छ । अब बिरामी वा आफन्तले घरमा बसेर नै अस्पतालको ओपिडी टिकट काट्न सक्नेछन् […]

अस्पतालमा सुत्केरी गराउनेको सङ्ख्या बढ्दो

चितवन : प्रसूति सेवामा नेपालमा नै अग्रणी मानिएको भरतपुर अस्पतालमा बच्चा जन्माउने महिलाको सङ्ख्या बढ्दो छ । गत आर्थिक वर्षमा १३ हजार ५४५ महिलाले अस्पतालमा बच्चा जन्माएका हुन् । तीमध्ये १३ हजार ३२७ जीवित बच्चा जन्मेका थिए भने बाँकी मृत अवस्थामा जन्मेका थिए । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार हरेक वर्ष सुत्केरी हुने आमाको […]

हेटौँडामा डेङ्गुको महामारी

हेटौडा: हेटौँडा उपमहानगरपालिकामा डेङ्गुले महामारीको रुप लिन थालेपछि नियन्त्रणका लागि पहल थालिएको छ । महानगरपालिकाले आज कार्यपालिकाको बैठकमार्फत प्रत्येक वडामा डेङ्गु नियन्त्रणका लागि समिति गठन गर्ने र लामखुट्टेको लार्भा र प्युपा बस्ने वासस्थान नष्ट गर्ने निर्णय गरेको जनाइएको छ । आजै डेङ्गु नियन्त्रणका लागि टोल विकास संस्था नगर समन्वय समितिसँग अन्तरक्रियासमेत सम्पन्न भएको र टोल […]