एजेन्सी : बलिउड अभिनेत्री दिपिका पादुकोण विश्वकै सुन्दर महिलाको अग्र स्थानमा रहेकी छन । अब्जर्भर डनमा हालै प्रकाशित समाचार अनुसार दिपिका विश्वका सुन्दर महिलाको सूचीको नम्बर एकमा परेकी हुन । अभिनेत्री दिपिकाले विश्वकै सुन्दरी मानिने हलिउड नायिकाहरू स्कारलेट जोनसन, एन्जेलिना जोली, बेयोन्सेलाई समेत पछि पार्दै अग्र स्थानमा पुगेकी हुन् । अब्जर्भरले नायिका दिपिका पादुकोण शारीरिक, वैचारिक र व्यवहारिक रूपमा सुन्दर रहेकी र त्यसैको प्रभाव उनको काम र शरीरमा परेको समीक्षा गरेको छ ।
प्रकाशित | ७ असार २०७६, शनिबार १२:००