धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र गोपाल हमालले मारे बाजी

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवार गोपाल हमाल निर्वाचित भएका छन् । निवर्तमान मेयर नृपबहादुर वडलाई पराजित गर्दै उनी सुदूरपश्चिमको एकमात्र उपमहानगरको प्रमुख बनेका हुन् ।

हमालले वडभन्दा १२ हजारभन्दा बढी मत पाए । हमाल २६ हजार ४४३ मतसहित विजयी हुँदा निवर्तमान मेयरसमेत रहेका वडले १४ हजार १४६ मत पाए ।

उपमेयरमा एमालेकी कन्दकला राना निर्वाचित भएकी छिन् । उनले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादीकी शान्ति अधिकारीलाई पराजित गरेकी हुन् । निर्वाचनको अन्तिम नतिजाको औपचारिक घोषणा गर्न भने बाँकी छ ।


प्रकाशित | ८ जेष्ठ २०७९, आईतवार १२:२७