ब्राजिलका चर्चित युवा फरवार्ड रोड्रीगो रियलमा अनुबन्ध

एजेन्सी: ब्राजिलका चर्चित युवा फरवार्ड रोड्रीगो गोजलाई स्पेनिस क्लब रियल मड्रिडले अनुबन्ध गरेको छ ।ब्राजिलियन क्लब सान्टोसबाट १८ बर्षीय फरवार्ड रोड्रीगोलाई रियलले क्लबमा अनुबन्ध गरेको हो ।

रोड्रीगो ब्राजिलको यू-२० टिमको महत्वपूर्ण सदस्य हुन् । उनले ब्राजिलको यू-१७ राष्ट्रिय टोलीबाट समेत खेलेका छन् ।

रोड्रीगोलाई रियलले ६ वर्षका लागि क्लबमा अनुबन्ध गरेको हो । उनलाई अनुबन्ध गर्न रियल र सान्टोसबीच गत वर्ष नै सहमति भएको थियो ।रियलले रोड्रीगोलाई मंगलबार सार्वजनिक गर्ने जनाएको छ ।

 


प्रकाशित | २ असार २०७६, सोमबार १८:२९