थपिँदै ४६ हजार शिक्षकको दरबन्दी

काठमाडौं: विद्यार्थी घटेर अधिकांश सामुदायिक विद्यालय बन्द हुने अवस्थामा पुगेका बेला सरकारले शिक्षक दरबन्दी थप्ने तयारी गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा शिक्षकको आश्यकता पहिचान नै नगरी ४६ हजार शिक्षक दरबन्दी थप्न लागेको हो ।

कक्षा १ देखि १० सम्म पढाउन २०६० सालदेखि राहत दरबन्दीमा नियुक्त ४० हजार र कक्षा ११ र १२ पढाउन अनुदान कोटामा नियुक्त पाँच हजार ९५९ जना शिक्षकलाई दरबन्दीमा रुपान्तरण गर्न लागिएको हो ।

शिक्षकलाई दरबन्दीमा रुपान्तरण गरिए राज्यलाई वार्षिक थप एक अर्ब ५० करोड व्यायभार पर्नेछ। मुलुकभर २७ हजार ८८३ सामुदायिक विद्यालय सञ्चालनमा छन् । यी सबै विद्यालयमा एक लाख नौ हजार शिक्षक दरबन्दी स्वीकृत भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।


प्रकाशित | २ असार २०७६, सोमबार ०८:४०