२९ अर्बको बजेट ल्याउने सुदूरपश्चिम प्रदेश सरकारको तयारी

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले २९ अर्बको बजेट ल्याउने तयारी गरेको छ । आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट२९अर्बको तयार पारेको हो । प्रदेशको मन्त्रिपरिषद्को बैठकले असार १ गते सार्वजनिक गर्ने बजेटलाई अन्तिम रूप दिएको हो ।

मन्त्रिपरिषद्ले प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयलाई आर्थिक विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमतिसमेत दिएको छ । सहमतिसँगै अव प्रदेशसभामा सरकारले बजेट प्रस्तुत गर्नसक्ने बाटो खुलेको छ । चालू आर्थिक वर्षका लागि २५ अर्ब बराबरको बजेट ल्याएको सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि २९ अर्बको बजेट तयार गरेको हो ।

प्रदेश सरकार आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुतको अन्तिम तयारीमा रहेको सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री झपड बोहराले बताउनुभयो ।

प्रदेश सरकारले कृषिलाई विशेष प्राथमिकतामा राखेर बजेट ल्याउने वोहराको भनाई छ । साथै वैदेशिक निर्यातलाई प्रतिस्थापन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट आउने उहाँले बताउनुभयो । विपन्न वर्ग, भौतिक पूर्वाधार, सामाजिक विकासका क्षेत्रलाई पनि सरकारले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।


प्रकाशित | ३० जेष्ठ २०७६, बिहीबार १४:५५