एनआरएनएमा मेरो नेतृत्वको लागि विश्वभरिका साथीहरु अत्यन्तै उत्साहीत हुनुहुन्छ: कुमार पन्त

जर्मनी: गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले एनआरएनएनको नेतृत्व लिन सक्षम भएको बताउनुभएको छ । आगामी महाधिवेशनमा अध्यक्षका उम्मदेवार पन्तले एनआरएनएको नेतृत्व लिन सक्षम भएको बताउनुभएको हो ।

पन्तले भन्नुभयो, ‘विश्वभरीका साथीहरु अत्यन्तै उत्साहपूर्वक ढंगले तपाईं नै नेृतत्वमा जानुपर्छ भनेर भन्दै आउनु भएको छ। गत महिना अष्ट्रेलिया पुग्दा धेरै साथीहरुले एनआरएनलाई थप उचाई दिन तपाई नेतृत्वमा हुनुपर्छ, सहयोग गर्न तयार छौं भनेर भन्नुभएको छ । साताअघि मात्रै अमेरिकासहित युरोपका देशहरुमा पुग्दा त्यस्तै खालको प्रतिक्रिया पाएको छु। साथीहरुसँग सामाजिक सञ्जाल र भिडियो कन्फरेन्समा छलफल हुँदा उहाँहरुले दर्शाउनु भएको मायाले उत्साहित बनाएको छ। अहिले साथीहरुको ‘फिडब्याक’ लिने क्रमको अन्तिम चरणमा छु।’

त्यस्तै,  पन्तले सञ्चारकर्मीसँग कुराकानी गर्दै भन्नुभयो, ‘भिजन २०२०’ भन्ने प्रस्ताव निवर्तमान अध्यक्ष शेष घलेले ल्याउनुभएको हो र त्यसमा एनआरएनले च्यारिटीको कामलाई कसरी अघि बढाउने भनेर स्पष्टसँग लेखिएको छ। त्यसलाई कर्यान्वयनमा लिएर जानुपर्ने मेरो कर्तव्य छ।’

‘अर्कोतर्फ हामी पछाडि धेरै ठूलो संख्याको एनआरएन दोस्रो पुस्तामा छ। त्यो पुस्तालाई स्थानीय राजनीति, व्यवसायिक , सामाजिक लगायतका क्षेत्रमा कसरी सहभागी गराउने भन्नेबारे पनि मेरो ध्यान रहनेछ। जति धेरै युवा पुस्तालाई एनआरएनमा सहभागी गराउन सकियो त्यति नै दोस्रो पुस्ताले पनि लाभ लिन सक्ने भन्दै पन्तले भन्नुभयो, त्यसले गर्दा नेपालले पनि फाइदा लिन सक्छ भन्ने मेरो बुझाई छ। प्रवासमा महिलाहरु निकै सक्षम छन् तर उनीहरुको उल्लेख्य रुपमा एनआरएनमा सहभागिता नभइरहेको अवस्थामा सहभागिता बढाउन पनि मेरो पहल रहनेछ’,उहाँले भन्नुभयो।


प्रकाशित | २६ जेष्ठ २०७६, आईतवार २०:५३