लोकसेवा आयोगको विज्ञापन कानुन सम्मत छ, विरोध गर्नुको अर्थ छैन: मन्त्री पण्डित

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले स्थानीय तहको लागि आह्वान गरेको विज्ञापन कानुन सम्मत भएको भन्दै विरोध गर्नुको कुनै अथ नरहेको बताउनुभएको छ । लोकसेवा आयोगले संविधान सम्मत स्थानीय तहमा कर्मचारीको लागि विज्ञापन गरिएको भन्दै विज्ञापनको विरोध गर्नुको कुर्न अर्थ नहुने बताउनुभयो । केहि ब्यक्तीको विरोधलाई महत्व नदिन आग्रह गर्दै मन्त्री पण्डितले एक टेलिभिजनसँग कुराकानी गर्दै शिक्षीत युवाहरुको भावनामाथि कुठाराघात नगर्न भन्नुभयो ।

घर घरमा ठाउँ ठाउँका शिक्षीत बेरोजगार युवाहरु लोकसेवा तयारीको लागि लागिरिहेको र फाराम भरिसकेको भन्दै युवाहरुको भावनाविपरीत नजान र गलत काम नगर्न सबैमा आग्रह गर्नुभयो । लोकसेवा आयोगको विज्ञापनमार्फत आफूलाई सक्षम शावित गर्दै राष्टको सेवा गर्नेको पक्षमा उभिनु सबै सञ्चारकर्मीलाई आग्रह पनि गर्नुभयो ।

केहि मानीसहरुले मनको वह र कुण्डा बोक्नु कुनै आवश्यकता छैन, जुन ठाउँको मागीएको छैन त्यहाँको विज्ञापन गरिएको छैन । स्थानीय तहको माग अनुसार विज्ञानप गरिएको छ । यसमा किन आपत्ति भन्दै प्रश्न गर्नुभयो । मन्त्री पण्डितले प्रदेशको माग अनुसार मात्र विज्ञापन गरिने बताउनुभयो । ९ हजार कर्मचारीको विज्ञापन गरि कानुन सम्मत भएको र दुई चार जनाले भन्दैमा संविधान विपरीत जान नसकिने बताउनुभयो ।

मन्त्री पण्डितले भन्नुभयो, कानुनत समायोजना ऐनले खुला भर्ना गर्दा प्रत्येक स्थानीय तहको फरक फरक विज्ञापन हुनेछ । स्थानीय तहले फरक फरक विज्ञापनको माग गर्दछ । हरेक स्थानीय तहले माग गरेअनुसारको विज्ञापन गरिएको छ, ।


प्रकाशित | २६ जेष्ठ २०७६, आईतवार १३:४०