विश्वकप क्रिकेट: उपाधीको प्रमुख दाबेदार घरेलु टोली इंग्ल्यान्डको सामना गर्दै बंगलादेश

एजेन्सी:  इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (शनिबार) दुई खेल हुँदैछ । कार्डिफमा शनिबार हुने पहिलो खेलमा आयोजक इंग्ल्याण्ड र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा सुरु हुनेछ।

सोफिया गार्डेन्समा इंग्ल्याण्ड र बंगलादेश दोस्रो जितको खोजीमा हुने छन् । दुवै टिम जित निकाल्दै अंक तालिका सुधार गर्ने योजनामा रहेका छन् । दुवैले अघिल्ला २ खेलमा एक जित र एक हार व्यहोरेका छन् । इंग्ल्याण्डले पहिलो खेलमा बलियो टिम दक्षिण अफ्रीकालाई पराजित गरेको थियो । तर, दोस्रो खेलमा इंग्ल्याण्ड पाकिस्तानसंग स्तब्ध भएको थियो ।

पाकिस्तानसंग पराजित इंग्ल्याण्ड बंगलादेशसंग भने शर्तक रहने छ । इंग्ल्याण्ड बंगलादेशलाई हराएर दोस्रो जित निकाल्न चाहन्छ । यता, पहिलो खेलमा दक्षिण अफ्रीकालाई नै हराएको बंगलादेश घरेलु टिमविरुद्ध उक्त नतिजा कायम राख्न चाहन्छ । बंगलादेश दोस्रो खेलमा भने न्युजिल्याण्डसंग पराजित भएको थियो ।

दुई टोलीबीचको पछिल्ला नतिजा घरेलु इंग्ल्याण्डको पक्षमा रहेको छ । पछिल्लो ५ भेटमा इंग्ल्याण्डले ४ खेल जितेको । बंगलादेशले एक जित निकालेको छ । यस्तै बेलुका ६:१५ मा सुरु हुने खेलमा न्युजिल्याण्ड र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ । न्युजिल्याण्ड लगातार तेस्रो जितेको खोजीमा हुनेछ। अफगानिस्तान पहिलो जितको खोजीमा हुनेछ ।


प्रकाशित | २५ जेष्ठ २०७६, शनिबार १४:२७